आज विश्व निमोनिया दिवस, विभिन्न नाराका साथ मनाईँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

आज विश्व निमोनिया दिवस, विभिन्न नाराका साथ मनाईँदै

pnumonia

फूलमाया आले, काठमाडौं, २६ कात्तिक । सोमवार विश्व निमोनिया दिवस हो । निमोनिया रोकौँ भन्ने नाराका साथ यो दिवस नेपालमा पनि मनाइएको छ । निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिकका दिन विश्व निमोनिया दिवस मनाउन सुरु गरिएको हो ।

निमोनिया फोक्सोको संक्रमणबाट हुने रोग हो । जसमा फोक्सोका कोषहरु् सुनिन्छन र स्वास प्रश्वासमा समस्या आउने गर्दछ । नेपालमा बाल मृत्युदर बढाउने प्रमुख रोगका रुपमा देखिएको निमोनिया भाइरस फङगस वा व्याक्टेरियाको जुनसुकै संक्रमणबाट पनि हुन सक्छ । निमोनियाले सबै उमेर समुहका व्यक्तिलाई असर गरेपनि विशेषगरि बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्ने गरेको छ । पाँच वर्षका मुनिका बच्चालाई बढि देखिने यो रोगले दुई वर्ष मुनिका बच्चाहरुलाई बढी सताउने गरेको पाइन्छ ।

नेपालमा कति प्रतिशतमा निमोनिया हुन्छ भनेर सर्वेक्षण गरिएको एकिन तथ्याङ्क नभएपनि साधारणतया कान्ति बाल अस्पतालमा भर्ना भएका १ सय बालबालिका मध्ये एक तिहाई रुघाखोकीका बिरामी हुने गरेको र ती मध्येको १५ प्रतिशतमा निमोनिया हुने भेटिने गरेको कान्ति बाल अस्पतालका निर्देशक डाक्टर गणेश राइले जानकारी दिए ।

नेपालमा बढ्दो धुवाँधुलोका कारण निमोनियाका बिरामी बढ्दै गएको चिकित्सिक बताउँछन् । खोकी लाग्ने, बच्चाहरुले छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा समस्या, छाति तथा कोखा दुख्ने निमोनियाका लक्षणहरु हुन् । रुघाखोकी बिग्रेर निमोनिया लाग्ने सम्भावना बढी हुने, तथा पोषणको अभाव, वातावरणीय प्रदुषणका कारण नेपालमा निमोनिया हुने गरेको निर्देशक राईको भनाई छ ।

बालबालिकालाई जन्मेदेखि ६ महिनासम्म स्तनपान गराउने, पोषिलो खानेकुरा खावाउने, धूवाँधुलोबाट सुरक्षित राख्ने हो भने निमोनियाबाट बचाउन सकिने चिकित्सिको भनाई छ । त्यसका साथै निमोनियबाट बचाउन सफासँग हात धुने, निमोकोकल र इन्फ्लुएन्जा खोपको समेत प्रयोग गर्न सकिने चिकित्सकको भनाई छ । साथै सरकारले बालबालिकालाई दिन सुझाएका सवै खोपहरु दिन चिकित्सकहरुको आग्रह छ ।

रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ । त्यसैले निमोनियाका कारण थाहा पाउनु र त्यसबाट बच्न सबैले सावधानि अपनाउनु आवश्यक छ । झन मौसम परिवर्तनका समयमा हुने रुघाखोकी र त्यसपछिको संक्रमणले निमोनियासम्म पु¥याउने भएकाले अहिलेको सिजनमामा थप सावधानी आवश्यक छ ।

ताजा समाचार