नुवाकोट: ३ सय ६४ बिद्यालयहरुको पुननिर्माण तिब्र गतिमा | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

नुवाकोट: ३ सय ६४ बिद्यालयहरुको पुननिर्माण तिब्र गतिमा

nuwakot

शालिकराम चालिसे, काठमाडौं, २५ कात्तिक । भूकम्पबाट अतिप्रभाबित १४ जिल्ला मध्ये नुवाकोट पनि एक हो ।

२०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भूकम्पबाट जिल्लामा धेरै भौतिक संरचनाहरु ध्बस्त भए । भूकम्पबाट नुवाकोटका ३ सय ६४ बिद्यालय पूर्ण रुपमा भत्किएको तथ्यांक छ । भूकम्पबाट ध्वस्त बनेका बिद्यालयहरुको पुननिर्माण अहिले तिब्र गतिमा अगाडी बढिरहेको छ ।

भूकम्प पश्चात लामो समय संरचना बिहिन भएका बिद्यालयहरु अहिले धमाधम निर्माणाधिन अबस्थामा रहेका छन् भने कतिपय बिद्यालयहरु निर्माण सम्पन्न भईसेकेका छन् । भूकम्पले बिद्यालयको भौतिक संरचना ध्वस्त बनाएपछि लामो समय नुवाकोटका अधिकांश बिद्यालयहरु जस्ताको टहरामा नै सञ्चालनमा रहेका थिए ।

तर, अहिले जस्ताको टहरामा मात्र सिमीत नभई धेरै बिद्यालयहरु सरकारी तथा गैर सरकारी अनुदानबाट बनेका भबनहरुबाट सञ्चालन भैरहेका छन् । भूकम्प पछि नुवाकोटको शिक्षा, स्वास्थ्य, खानेपानी लगायत अन्य जिविकोपार्जनको क्षेत्रमा सहयोग गर्न धेरै सरकारी तथा गैरसरकारी संघसंस्था जिल्ला भित्रिएका थिए ।

बिशेष गरी जिल्लाको ग्रामीण भेगमा केन्द्रित रही यस्ता संस्थाहरुले लामो समयसम्म कामलाई निरन्तरता दिदै आएका थिए । जस्ताको टहरामा पठनपाठन गराउदा बर्खाको समयमा पानी परेको बेलामा जस्ता बजेर बिद्यार्थीहरुले पढाएको नसुन्ने, हिउदको समयमा जस्ता तातेर कक्षा सञ्चालन गर्न गाह्रो परेको समस्या हाल समाधान भएको छ । अहिले भूकम्प प्रतिरोधात्मक, सुबिधा सम्पन्न बिद्यालय भवनमा अध्यापन गराउन पाउदा निकै सहज भएको शिक्षकहरुले बताएका छन ।

पहिला बाँस र जस्ताबाट बनेको अस्थायी टहरामा एउटा कक्षामा पढाएको अर्को कक्षामा समेत सुन्ने गरेको बिगतका अनुभब अहिले बिद्यार्थीहरुले सुनाउछन् । अहिले पक्की भवनमा पढ्न पाउदा बिद्यार्थीहरु पनि निकै खुसी भएका छन् । भुकम्प गएको करिव साढे तीनवर्षमा नुवाकोटमा १ सय २१ विद्यालयको पुननिर्माण सम्पन्न भएको रााष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यन एकाई कार्यलय नुवाकोटले जनाएको छ । भुकम्पबाट ध्वस्त भएका नुवाकोटका करिव ३ सय ६४ हाराहारी विद्यालय मध्ये १ सय २१ विद्यालय निर्माण सम्पन्न भएको र १ सय ९ वटा बिद्यालय निर्माणधिन अबस्थामा रहेको जनाईएको छ ।

रााष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यन एकाई (शिक्षा) नुवाकोटका शाखा अधिकृत बोधराज पाठकका अनुसार सरकारी अनुदानबाट ७० वटा विद्यालय निर्माण सम्पन्न भएका छन् भने गैरसरकारी संस्थाहरुले ५१ विद्यालय निर्माण गरिसकेका छन् । यस्तै, भवन निर्माणको लागी जग्गाको अभाब, भौगोलिक बिकटता, आपसी समन्वयनको अभाब, निर्माण सामग्रीको ढुवानीामा समस्या लगायतका कारण अझ सोचेजस्तो निर्माण कार्यमा सफलता हाँसिल गर्न नसकेको एकाईले जनाएको छ ।

वि.स. २०७२ सालमा गएको भुकम्पले नुवाकोटमा रहेको ३ सय ६४ विद्यालय पुर्ण रुपमा क्षति भएको थियो भने १ सय २० विद्यालयमा आंशिक रुपमा क्षति पुगेकोे थियो । भुकम्पका कारण जिल्लामा रहेको ३ सय ७८ विद्यालयको शौचालयमा क्षति पुगेको थियो भने ३ सय २५ खानेपानी सप्लाईमा क्षति पुगेको सरकारी तथायंकमा उल्लेख छ । भूकम्पबाट ध्बस्त भएको बिद्यालयको संरचनालाई निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गर्न अब स्थानीय जनप्रतिनिधीको भूमिका पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);