काठमाडौं, २५ कात्तिक । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड दोस्रो स्थानमा उक्लिएको छ ।
डिएगो गोडिनको इन्ज्युरी समयको गोल निर्णायक बन्दा एट्लेटिकोले एथ्लेटिक बिल्वाओलाई ३–२ ले हराउँदै दोश्रो स्थानमा उक्लिएको हो । मड्रिडमा भएको खेलमा बिल्वाओका लागि इनाकी विलियम्सले दुई गोल गरेका थिए ।
३६औं मिनेटमा विलियम्सले गोल गर्दै बिल्वाओलाई अग्रता दिलाएका थिए । ६१औं मिनेटमा थोमस पार्टीले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटपछि नै विलियम्सले ब्यक्तिगत दोस्रो गोल गर्दै बिल्वाओलाई पुनः अग्रता दिलाए ।
जितसँगै एट्लेटिको मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी एक अंकमा झारेको छ । एक खेल कम खेलेको बार्सिलोना २४ अंक सहित शीर्ष स्थानमा छ भने एट्लेटिकोको १२ खेलबाट २३ अंक भएको छ । बिल्वाओ भने १० अंक सहित १७ औं स्थानमा छ ।