काठमाडौं, २१ कात्तिक । यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्सको पर्खाइमा रहेका ५ लाखलाई ४५ दिनमा लाईसेन्स दिने गरी काम थालेको छ ।
५ लाख स्मार्ट लाईसेन्स ४५ दिनमा सकिने गरी काम भईरहेको छ, विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए ।
लाईसेन्स छपाईको सम्पुर्ण काम यातायात व्यवस्था विभागको परिसर मिनभवनमै भईरहेको बताए । लाइसेन्स छपाईएको सम्पुर्ण काम निजी कम्पनी मालिका इन्कर्पोरेट प्रालिलार्य दिइएको विभागका प्रवक्ता उपाध्यायले बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।