पाँच वर्ष भित्र सरकारले गरेको घोषणा पूरा हुन्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

पाँच वर्ष भित्र सरकारले गरेको घोषणा पूरा हुन्छ : प्रचण्ड

prachanda

बिराटनगर, १९ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले राम्रोसंग काम गरिरहेको दावी गरेका छन् ।

सोमवार बिराटनगर बिमानस्थलमा संचारकर्मीहरुसंग अध्यक्ष दाहालले पाँच वर्ष भित्र सरकारले पार्टीको घोषणा पत्रमा उल्लेख गरिएको प्रतिवद्धता पूरा गर्ने विश्वास समेत व्यक्त गरे । उनले सरकारले काम गराइको गतिलाई अझ प्रभावकारी बनाउने भन्दै जनताले आशा गरे अनुसार काम हुने उल्लेख गरे ।

अध्यक्ष दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने सम्भावना नरहेको स्पष्ट पारे । सरकारले आफ्नो काममा तीव्रता दिने र जनताको आकांक्षालाई पूरा गर्न ढिलाई नगर्ने अध्यक्ष दाहालको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);