नवलपरासी, १९ कात्तिक । राइनो सरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत आज नेपाल पुलिस क्लव र सीएमजी संकटा भिड्दै छन् । नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा जारी राईनो रंगशाला कोल्हुवामा दिउँसो ३ बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तरर्गत आइतबार भएको खेलमा च्यासल युथ क्लब बिजयी भएको थियो । राष्ट्रिय टिमका युवा स्ट्राइकर बिमल घर्ती मगरको टिम च्यासलले ब्वाईज युनियन लाइ २-१ गोलको अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा विभागीय टिम एपिएफ, नेपाल पुलिस क्लब र ए डिभिजनका ६ टिमसहित १२ टिमको सहभागिता रहेकोे छ ।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ दिईने आयोजकले जनाएको छ ।