काठमाडौं, १९ कात्तिक । रुघाखोकी भनेको एउटा आकस्मिकताको रोग हो । यो रोग जुनसुकै उमेरका मानिसलाई जतिबेला पनि लाग्छ । यो रोगलाई मानिसहरुले साधारण रोग लिने गर्दछन् । तर, रुघाखोकी एक हप्ता सम्म ठिक नभएमा वा सन्चो नभएमा यसले जटिलताको रुप लिन सक्छ । त्यसैले चिकित्सकहरुले एक हप्तासम्म निको नभएमा अस्पताल गई डाक्टरको सल्लाह-सुझाव लिनु पर्नेमा जोड दिन्छन् ।
कसैलाई यसले धेरै च्याप्छ भने कसैलाई तुलनात्मक हिसावले कम हुने गर्दछ । रुघा लागेपछि विशेष गरी सिगान बगिरहने, नाक टाल्लिने, सास फेर्न गाह्रो हुने इत्यादि लक्षणहरु देखा पर्दछ । कम उमेरको मानिस छ भने खोकि लागिरहन्छ । धुम्रपान, धुलो र प्रदुषणका कारणले लाग्ने गर्दछ । स्वस्थ मानिसलाई रुघाखोकि लाग्दा बढिमा एक हप्तामा ठिक हुने गर्दछ । तर, यदि लामो अवधि सम्म सुख्खा खोकि लागिरहेको छ, खोकि संग ज्वरो पनि आईरहेको छ अझ खोक्दा मुखबाट रगत देखा पर्छ भने त्यसलाई घरेलु उपचारले निको पार्न सकिदैन । यस्तो अवस्थामा चिकित्सकको सल्लाह बमोजिम नै उपचार गराउनु पर्छ ।
के रुघाखोकि सामान्य रोग हो ? यस रोगको उपचार गर्ने घरेलु तथा यसबाट बच्ने विधिहरु के -के हुन् ? मानिसले आफ्नो साधारण जिवन बिताउनका लागि अरु के-के गर्न सक्छन् ? यो रोगलाई सामान्य रुपमा लियौ भने साच्चिकै बिरामीको मृत्यु हुन्छ त ? यिनै विषयवस्तुमा थप चर्चा गर्नका लागि माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले अनुसन्धान संयोजक, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डाक्टर शेर बहादुर पुन संग गरेकाे भिडियाे हेर्नुहोस्: