मलेसियाको जेलमा परेका घलेलाई नेपाल फर्काउन परिवारको आग्रह | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

मलेसियाको जेलमा परेका घलेलाई नेपाल फर्काउन परिवारको आग्रह

ghale

काठमाडौं, १८ कात्तिक । मलेसियामा लागु औधष ओसार प्रसारको अभियोगमा सन् २००३ मा प्रक्राउ परेका नुवाकोट बर्सुन्चेत–१ का हरिवहादुर घलेलाई स्वदेश फिर्ता गराउने व्यवस्था मिलाई दिन आफन्तले सरकार संग आग्रह गरेका छन् । घलेका बहिनी सरना घले र छोरी झरना घलेले आइतवार नुवाकोटमा पत्रकार सम्मेलन गरी यस्तो आग्रह गरेका हुन् ।

मलेसियामा सन् २००३ मा प्रक्राउ परेका नुवाकोट बर्सुन्चेत–१ का हरिवहादुर घलेलाई स्वदेश फिर्ता गराउने व्यवस्था मिलाई दिन बहिनी सरना घले र छोरी झरना घलेले सरकारलाई आग्रह गरेका छन् । घलेका बहिनी सरलाले अक्टोबर २०१८ मा २० वर्षको सजाय सकिए पनि दाजु स्वदेश नआएको बताए । उनले दाजुको पर्खाईमा वस्दा वस्दै आमाबावुको समेत मृत्यु भईसकेको बताएका छन् ।

पत्रकार सम्मेलनमा हरिवहादुरकी छोरी झरना घलेले आफु तीनवर्ष हुँदा वुवा जेलमा परेको सुनेको र अहिले बावु आमा वितेपछि आफ्नो साहारा समेत कोही नभएकाले मामा घरमा वस्न वाध्य भएको समेत बताए ।

सन् २००३ को मे महिनाबाट जेल परेका हरिवहादुरलाई मलेसियाको उच्च अदालतले समय थप गरेको बुझिएको छ । उनलाई २० वर्षको सजाय पुरा भएपनि अहिले किन र कति समय थप गरिएको हो, वाहिर आउन सकेको छैन । बैदेशिक रोजगारीका लागि मलेसिया गएका हरिवबहादुर करीब ९ महिना पछि घर फर्कने क्रममा एकजना नेपालीले झोलामा लागु औषध राखिदिएका कारण उनी प्रहरीको फन्दामा परेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);