मौसम परिवर्तनसंगै अस्पतालमा बिरामीको चाँप | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

मौसम परिवर्तनसंगै अस्पतालमा बिरामीको चाँप

तेजना पण्डित
काठमाडौं, १८ कात्तिक । मौसम परिवर्तनसंगै चिसो बढ्न थालेपछि छाती सम्बन्धी विभिन्न समस्या लिएर अस्पताल धाउने बिरामीको संख्या वढ्न थालेको छ ।  काठमाडौंका अस्पतालमा अहिले रुघा खोकी र ज्वरोका विरामीको चाँप बढेको छ।

जाडो मौसम शुरु भएसँगै छातीको संक्रमण भएका बिरामीहरुको संख्या वढ्न थालेको छ । अहिले काठमाडौंका विभिन्न अस्पतालमा छाती सम्बन्धी समस्या भएका विरामीहरु दिन प्रतिदिन आउने क्रम जारी छ ।

चिकित्सकहरुका अनुसार जाडो वढेसंगै छातीसँग सम्बन्धित रोगीको संख्या वढ्ने गर्दछ । सार्वजनिक यातायात प्रयोग गर्दा तथा मौसम परिवर्तनको कारण छातीको संक्रमण लाग्ने गरेको चिकित्सकको भनाई छ ।

अझ, बालबालिका, जेष्ठ नागरीक, अंग प्रत्यारोपन गरेका, दम रोग लागेका र श्वास प्रश्वासका समस्या भएका ब्यक्तिहरु वढी जोखिममा पर्ने गरेका छन् । यो रोग संक्रमित व्यक्तिले हाच्छ्यिूँ गर्दा वा खोकीबाट अर्काे व्यक्तिमा सर्ने गरेको चिकित्सकको भनाई छ ।

चिकित्सकहरुले छातीको संक्रमणबाट लाग्ने रोगबाट बच्नका लागि बाहिर जाँदा माक्सको प्रयोग गर्ने, धुम्रपान तथा मद्यपान नगर्ने, सफासंग बस्ने बानी बसाल्ने, बाहिरवाट आएपछी साबुन पानीले राम्रोसंग हात हुने, हाच्छ्यूँ गर्दा वा खोक्दा अनिवार्य रुमालको प्रयोग गर्ने, पौष्टिक तत्वयुक्त खानाको सेवन बढी गर्ने लगायतका सल्लाह दिएका छन् ।

त्यसैगरी, बच्चाहरुलाई गुम्साएर नराख्ने, खुला ठाउँमा राख्ने, न्यानो बनाएर राख्ने, कुनै समस्या भए तत्काल अस्पतालमा जान समेत चिकित्सकले सुझाव दिएका छन् । छातीको संक्रमण विशेषगरी फोक्सो वा श्वासप्रश्वास नलिमा हुने गर्दछ । जसले निमोनिया, ब्रोङ्काइटिस जस्ता जटिल समस्याहरु देखिने गर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);