प्याराग्लाइडिङ विश्वकप : आजबाट प्रतियोगितात्मक प्रतिष्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

प्याराग्लाइडिङ विश्वकप : आजबाट प्रतियोगितात्मक प्रतिष्पर्धा हुँदै

paragaliding world cup

काठमाडौं, १६ कात्तिक । स्याङ्जामा प्याराग्लाइडिङ वल्र्डकप खेल शुरु भएको छ । स्याङ्जाको स्वरेक मैदान र डौंवाफाँटमा पहिलोपटक प्याराग्लाइडिङ एक्कुरेसी (स्पट ल्याण्डिङ) वल्र्डकप–२०१८ हुन लागेको हो । प्रतियोगिता कात्तिक १८ गते सम्म सञ्चालन हुनेछ ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा महिला पुरुष दुवै इभेन्टमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो दिन बिहीबार अभ्यास खेल मात्र भएकोमा आजबाट प्रतियोगितात्मक प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा २१ देशका ९८ जना प्याराग्लाइडिङ पाइलटहरु प्रतिष्पर्धामा उत्रिएकाछन् । प्रतियोगितामा मित्र राष्ट्र भारत, चीनसहित एसिया तथा अमेरीकालगायतका देशका पाइलटहरुले सहभागिताको लागि नाम दर्ता गराएका छन् ।

एक सय ५० जनासम्मले प्रतिष्पर्धामा सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक शैलेन्द्र राउतले जानकारी दिए । प्रतियोगितामा हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर सुरक्षाको प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।