धराप सडकको खाल्डाखुल्डी | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८१, बिहीबार

धराप सडकको खाल्डाखुल्डी

khalto

काठमाडौं, १६ कात्तिक । काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको राजधानीका खाल्डाखुल्टी पुर्ने काम अन्तिम चरणमा पुगेको दावी गरेको छ ।
धुलो, हिलो र खाल्डाखुल्डी सडकका कारण राजधानीमा दुर्घटना बढेपछि आलोचना खेप्दै आएको कामपाले मेलम्ची खानेपानीको पाइप बिच्छ्याउदा बनेको सडकको खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको जनाएको हो ।

कामपाले गएको भदौ लगत्तै ३२ वटै वडामा परेका खाल्डाखुल्डी पुर्न थालेको थियो । कामपा शहरी पुर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाले मंसिर अन्त्य सम्ममा कामपाको स्वामित्वमा रहेको सबै सडकको खाल्डाखुल्डी पुरी सक्ने जानकारी दिनुभयो । उहाले भन्नुभयो–महानगर क्षेत्रमा कामपाको स्वामित्वमा एक हजार किलोमिटर सडक रहेका छन् ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);