कतार ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न राष्ट्रपति भण्डारीको आग्रह, ७ बजे स्वदेश फर्कदै | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

कतार ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न राष्ट्रपति भण्डारीको आग्रह, ७ बजे स्वदेश फर्कदै

rastrapati bidhya bhandari

काठमाडौं, १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकि छन् ।

कतारको भ्रमणमा रहनुभएकी राष्ट्रपति भण्डारीले नेपाल– कतार ब्यवसायीक मञ्चलाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आग्रह गरेकि हुन् । उनले नेपालमा लगानी गरे त्यसको प्रतिफलको सुनिश्चितताको ग्यारेण्टी नेपाल सरकारले गर्ने उल्लेख गरिन् । नेपाल र कतारबीच असल सम्बन्ध रहेको भन्दै राष्ट्रपति भण्डारीले दुई देशको राजनीतिक तथा आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएको बताईन् ।

नेपाल र कतारबीच श्रम सम्बन्धमात्र नभएर प्रविधि, लगानी, व्यापार तथा पर्यटन जस्ता आर्थिक कूटनीतिका विविध आयामहरूमा समेत राम्रो सम्बन्ध विस्तार भइरहेको राष्ट्रपति भण्डारीको भनाई थियो । उनले कतार नेपाली श्रमिकहरूका लागि राम्रो श्रम गन्तव्यको रूपमा रहेको र दुइदेशबीच सीधा हवाई सम्पर्कले जनस्तरमा समेत राम्रो सम्बन्ध स्थापित भएको उल्लेख गरेकि छन् । नेपालमा राजनीतिक स्थिरता कायम भई देश समृद्धिमा लागेको भन्दै उनले कतारका ब्यवसायीहरुलाई नेपाली ब्यवसायीसंग मिलेर संयुक्त लगानी गर्न सक्ने समेत उल्लेख गरिन् ।

कतारको ४ दिने भ्रमण पुरा गरी आज राति ७ बजे राष्ट्रपतीको स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);