एजेन्सी, ९ भदौ । सामसुङका उपाध्यक्ष जे यङ लीलाई घुस खुवाएको अभियोगमा दक्षिण कोरियाले पाँच वर्षको जेल सजाय सुनाएको छ ।
पुर्व राष्ट्रपति पार्क गुन हेकीका नजिकका साथीलाई घुस दिएको भन्दै दक्षिण कोरियाकै सबैभन्दा शक्तिशाली व्यापारी लीलाई दक्षिण कोरियाको एक अदालतले दोषी ठहर गर्दै जेल चलान गरेको हो ।
बीबीसीका अनुसार लीले ५० लाख डलर अनियमितता गरेको अदालतले जनाएको छ ।
सरकारी लाभ लिनका लागि लीले घुस खुवाएको थिए ।
अदालतले उक्त कम्पनि कै अन्य दुई जना कर्मचारीलाई पनि चार वर्षको जेल सजाय सुनाएको छ ।