बुटवल, १० कात्तिक । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले प्रदेश–५ को अस्थायी राजधानी बुटवलबाट अन्यत्र नसर्ने बताएका छन् । शनिवार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता खाँडले बुटवलबाट प्रदेशको राजधानी कसैले चाहेर पनि नसर्ने बताएका छन् ।
उनले तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी तोक्दा अन्यत्र सार्ने खेल भएको भन्दै अहिले भईरहेका प्रयास पनि असफल हुने बताए ।
नेकपाको भविष्य अब धेरै दिन बाँकी छैन
नेता खाँणले नेकपाको भविष्य अव धेरै दिन बाँकी नरहेको भन्दै लामो समय नेपालमा शासन चलाउने सपना नदेख्न समेत चेतावनी दिए । उनले अहिलेको सरकारकै कारण संघीयता धरापमा पर्ने होकी भन्ने चिन्ता छाएको समेत आरोप लगाए ।