कोठा-कोठा पसेर धर्म प्रचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कोठा-कोठा पसेर धर्म प्रचार

dharma prachar

गोरखा, ९ कात्तिक । गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय देखिएका छन् ।
धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर घर एवं कोठा कोठा गएर धर्म प्रचार गर्ने गरेका छन् । बिहान झिसमिसेमै तीन जनाको टोली हामी आउन सक्छौं र भन्दै कोठाभित्र आए, हरमटारी टोलका स्थानीयले भने, एक जना माराको नाम गरेका जापानी नागरिक रहेछन् । एकजना मसेल रावलडाँडाकी देविका रावल रहिछन् । अर्कोको नाम बिर्सिएँ ।

उनीहरु कोठामा आएर एक घण्टासम्म क्रिस्चियन धर्मको बयान गरी यस धर्ममा आउनु भनेर फकाउँदै बाइबल दिएर गएको उनले बताए । भूकम्पपछि गोरखामा क्रिस्चियन धर्म प्रचारले तीव्रता पाएको छ । विशेष गरी विपन्न बस्तीमा बढी धर्म प्रचार हुने गरेको पाइएको छ ।

मान्दै आएको धर्म मान्न पाउने, भजनकिर्तन गर्न पाउने व्यवस्थालाई संविधानले सुनिश्चित गरे पनि धर्म प्रचार गर्न नपाइने संवैधानिक व्यवस्था छ । प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, धर्मप्रचार गरेको बारे सूचना संकलन गरिरहेको छु, त्यस्ता समूह भेटिए कानुनअनुसार कारबाही हुन्छ । आजको अन्नपूर्ण पोस्टले पृष्ठ ९ मा यो समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);