विश्वका १० घुम्नलायक शहरको सूचीमा काठमाडौं | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

विश्वका १० घुम्नलायक शहरको सूचीमा काठमाडौं

kathmandu

अप्सरा गौतम
काठमाडौं, ८ कात्तिक
। विश्वका घुम्नलायक उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पाँचौं नम्बरमा परेको छ । अमेरिकी ट्राभल गाइड बुक नामक ट्राभल वेबसाइटले निकालेको पर्यटनका लागि दश उत्कृष्ट सहरको सूचीका परेका कारण अवका दिनमा पर्यटकको आगमन ब्ढने अनुमान गर्न सकिन्छ । तर, पर्यटक भित्राएपछि देखाउन भएका सम्पदासमेत विनास भएकावेला के देखाउने भन्ने चिन्ता बढेको छ ।

अमेरिकी ट्राफल गाइड बुक नामक ट्राभल वेब साइट ‘लोन्ली प्लानेट’ले निकालेको सुचीमा सन् २०१९ मा घुम्नलायक विश्वका १० उत्कृष्ट शहरको नाम प्रकाशित छ । जसमा काठमाडौ उत्कृष्ट सहरको पाँचौ नम्वरमा परेको छ । लोन्लि प्लानेटको सूचीमा काठमाडौंले मेक्सिकोको मेक्सिकोसिटी, सेनेगलको राजधानीसहर सेनेगल, अमेरिकाको राजधानी वाशिङ्गटन डिसी, क्रोयसिया र मोरक्कोलाई पछि पार्दै पाँचौं नम्बरमा परेको छ ।

वेबसाइटमा हिमाल प्रवेश गर्ने ढोकाको रुपमा काठमाडौंलाई ब्याख्या गरिएको छ । हिमाल प्रवेशको ढोका तथा सांस्कृतिक रुपमा धनी सहरमा दरिएको काठमाडौंमा पुरातात्विक सम्पदाको अवस्थामा भने खराब बनेको छ ।

सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार २०१७ मा मात्रै नेपालमा भारतीय बाहेक ९ लाख भन्दा बढी पर्यटक भित्रिएका छन भने भारतीय पर्यटक मात्र १० लाख भित्रिएका छन् । त्यसै गरी २०१८ मा पर्यटकको आवागमन झनै बढेको देखिएको छ । अहिले लोन्ली प्लानेटले निकालेको सूचीका कारण मन्त्रालय र पर्यटन बोर्ड पनि उत्साहि बनेका छन् । तर पनि भौतिक संचनाको विषयमा भने उनीहरु चिन्तित देखिन्छन् ।

नेपाल घुम्न आउने पर्यटक अन्तराष्टिय विमानस्थल भएर आउने गरेका छन् । नेपालमा एक जना पर्यटकले औंषतमा १३ दिन बिताउने गरेका छन् । जुन तुलनात्मक रुपमा बढी समय हो । सस्कृती, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका अनुसार प्रत्येक पर्यटकले नेपालमा न्युनतम ५४ डलर खर्च गर्ने गरेकाछन् । पर्यटकको नेपाली अर्थतन्त्रमा ठुलो योगदान रहेको छ । तर पर्यटकीय क्षेत्रमा गर्नै पर्ने कामसमेत हुन सकेको छैन ।

पर्यटक नेपाल किन आउने, के हेर्न आउने पूर्वाधारहरु बनेका छैनन् । सडकको अवसस्था, सुविधा सम्पन्न होटलको अपर्याप्तता र पूर्वाधार विकासमा सरकाको ल्याकतका पर्यटन प्रवर्धनका लागि चुनौति हुनसक्ने सरोकारवालाहहरु नैं बताउँछन् ।