नेकपाकै नेताले भने- अब हामी कम्युनिष्ट रहेनौं (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

नेकपाकै नेताले भने- अब हामी कम्युनिष्ट रहेनौं (भिडियो सहित)

kharo prasna with ganesh shah

काठमाडौं, ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी अहिले चर्चाको शिखरमा छ । नेकपाको सचिवालय बैठक बसेर केहि मुद्धाहरुको छिनोफानो लगाएको छ । काठमाडौँ क्षेत्र नं ७ मा पुन: चुनाव गर्ने-नगर्ने संदर्भमा रामवीर मानान्धरले दिएको राजिनामा नै अस्वीकृत गरिदियो । त्यसपछि पार्टीभित्रको विवादलाई टुंगो लगाउन पहिला सचिवालयले गरेको निर्णयलाई नै सदर गर्यो र वरिष्ठ नेता माधवकुमार नेपाल चुप लगेर बस्नुपर्ने अवस्था बन्यो । त्यसपछि प्रवक्ताले दिएको राजिनामा पनि उसले अस्वीकृत गर्यो । दुई दिनको बैठकबाट उसले ठुला ठुला निर्णयहरु गरेको छ । नेकपामा उप चुनाव हुने भन्ने संदर्भ र त्यसले ल्याएको तरंग, के पूर्ण रुपमा सेलाएर गयो ? नेता नेपालले लिखित रुपमै दिएको असहमति पत्रको कुरा पनि सेलाएर गयो त ? नेकपा भित्रको आन्तरिक विवाद र बहसमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा स्थायी समिति सदस्य गणेश शाहसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);