तेजना पण्डित
काठमाडौं, ६ कात्तिक । सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय वैठकले पार्टी भित्र देखिएको विवादलाइ तत्कालको लागि थान्को लगाएको छ । यहि बैठक मार्फत बरिष्ठ नेता माधव नेपाल कमजोर भएको हो कि भनेर लख पनि काटेका छन तर नेता नेपालपक्षधर नेताहरु भने अर्को साता बस्ने स्थायी समिति वैठकमा यसबारेमा कडा बहस हुने बताइरहेका छन्।
नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादले सोमबारको सचिवालय बैठक पछि विश्राम पाएको छ । सोमबार बसेको सचिवालय बैठकको मुल मुद्धा नै बरिष्ठ नेता माधव नेपालले राखेको असहमति पत्रवारेमा बहश गर्नु थियो । नेता नेपाल नभएको बेलामा बसेको सचिवालय वैठकले सातै वटा प्रदेशको इन्चार्ज र सहइन्चार्ज गठन गरेको थियो । नेता नेपालले यसैमा असहमति राख्दै पार्टीमा लिखित असहमति दर्ज गर्नु भएको थियो । तर,सोमवारको वैठकमा भने नेता नेपालले राखेको असहमति थाती राख्दै सचिवालय बैठकले तोकेको इन्चार्ज, सहइन्चार्जलाइ नै कायम राख्ने निर्णय गर्यो ।
नेकपा वैठकले यस्तो निर्णय गरेपछि वाम राजनीति र नेकपालाइ बुझेका मानिसले माधव नेपाल कमजोर भएको आंकलन गर्न पुगे । तर,स्वयम नेता नेपाल निकट रहेका नेताहरु भने यो कुरा स्विकार गर्न तयार भएका छैनन ।
नेकपा एकता भएको करिब ४ महिना भएको छ । तर, यसबीचमा जम्मा दुई पटक मात्र स्थायी समितिको बैठक बसेको छ । ४५ जनाको स्थायी समिति वैठक पनि छल्दै नेकपाले बेला बखतमा सचिवालयको बैठक मात्र डाकेर आवश्यक निर्णय गर्ने गरेको छ । अहिले सम्म नेकपाको पोलिटब्युरो र केन्द्रिय समितिको बैठक नै बसेको छैन । सचिवालय बैठक मार्फत नै प्रदेशको इन्चार्जहरु तोकिएको थियो जसको विरोध समेत भयो र यसको समाधान पनि यसै मार्फत भयो ।
रोचक पक्ष के छ भने यहि बैठकले रामवीर मानन्धरको राजीनामाको बारेमा बहश गर्न आवश्यक छैन भन्ने निर्णय गर्यो भने यसैले माधव नेपालको लिखित असहमतिलाइ पनि थन्क्याइदियो । तर माधव नेपाल र उनि पक्षधर नेताहरु भने सचिवालयमा जे भएपनि अर्को साता बस्ने स्थायी समिति बैठकमा यसबारेमा जमेर बहश गर्ने मुडमा देखिन्छन् । यसैकारण तत्कालको लागि विवाद साम्य भएजस्तो देखिएपनि विवाद अन्त्य भएको भने देखिन्न ।
सरसर्ती हेर्दा नेकपा भित्रको आन्तरिक राजनीतिमा बरिष्ठ नेता माधव नेपाल यतिबेला कुना परेको विश्लेषण गर्न थालिएको छ । स्वयम नेकपा भित्रकै नेता पनि महत्वपुर्ण बैठक छाडेर नेता नेपाल विदेश जाने गरेको कुरालाई प्रमुखताको साथ उठाइरहेका छन । साथै मुद्धा उठाउने तर यसलाइ निरन्तरता नदिने कमजोरी बरिष्ठ नेता नेपालको रहेको उनीहरुको बुझाइ रहेको छ । पछिल्लो समय संसदमा माधव नेपालले गरेको सम्वोधनले पनि पनि अप्ठयारो पारेको विश्लेषकहरुको बुझाई छ ।