आजदेखि निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

आजदेखि निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने

smart licence

काठमाडौं, ६ कात्तिक । स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ ।
यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए ।

मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारबाट सन् २०१८ को जनवरीदेखिपछि नयाँ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड छाप्न लागेको विभागका प्रवक्ता उपाध्यायले बताए ।
‘स्मार्ट कार्डमा समावेश गरिने गत जनवरीदेखि यताको आवश्यक विवरण मालिकालाई दिइसकेका छौँ,’ प्रवक्ता उपाध्यायले भने, ‘उसले ४५ दिनभित्र करिब पाँच लाख कार्ड प्रिन्ट गरेर दिनुपर्नेछ ।’आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);