काठमाडौं ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले एचआइभी संक्रमित बालबालिकालाई दसैंको टीका लगाइ दिएका छन् ।
शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले सामुहिक टिका लगाइदिएका हुन् ।
सो अवसरमा बालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कला प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था, उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षहरुसँग चाँसो राखेका थिए ।