कञ्चनपुर, २६ असोज । कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारालाई कारवाही गर्न दवाब दिने उदेश्यले मानव अधिकारवादीहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना र प्रर्दशन गरेका हुन् । प्रदर्शनकारीहरुले बलात्कारी र हत्यारालाई जोगाएर सरकारले कानुनी शासनको खिल्ली उडाएको आरोप लगाए ।
उनीहरुले सरकारले सत्य–तथ्य पत्ता लगाई दोषिलाई कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।