टपरीमा रैथाने स्वाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

टपरीमा रैथाने स्वाद

tapari

सुर्खेत, २६ असोज । चियापान कार्यक्रम भनिए पनि त्यहाँ चिया मात्र थिएन । जुम्ली कोदोको सेलरोटी, जाजरकोटी मासको बारा अनि दैलेखी टिमुरको अचार । मुखै रसाउने ती परिकार खानका लागि दुना–टपरीचाहिँ सुर्खेतको स्थानीय उद्योगबाट ल्याइएका थिए ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही टपरीमा राखिएको रैथाने परिकार लिँदै । प्रदेश प्रमुख कार्यालयले पहिलोपल्ट आयोजना गरेको चियापानमा हर्बल चियादेखि दाल–रोटीसम्म सबै कर्णालीकै रैथाने खाद्यवस्तुका परिकार समावेश थिए ।

इत्रामस्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित प्रदेशका पदाधिकारीले मौलिकस्वाद र नयाँ शैलीको मुक्तकण्ठले प्रशंसा गरे । ‘फापरमा केही मिसावट भएजस्तो छ है । हुम्लामा जन्मे–हुर्केका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले भने, ‘अरूमात कमेन्ट गर्ने ठाउँ देखिनँ ।’

चियापानका लागि जुम्लाबाट हर्बल (जडीबुटी) चिया, सिमी, फापर र कोदो, जाजरकोटबाट मास र दैलेखबाट टिमुर ल्याइएको थियो । प्रदेश प्रमुख कार्यालयका कर्मचारी पदम रावलले स्थानीय उत्पादनलाई बढावा दिन यस्तो कार्यक्रम गरिएको जनाए । खाद्यवस्तु सुर्खेत बाहिरबाट ल्याउनुपर्ने भएकाले दुई साता अघिबाटै तयारी गरिएको थियो ।
‘खर्चको हिसाबले पनि निकै किफायती भयो,’ प्रदेश प्रमुख कार्यालयका पदम रावलले भने, ‘करिब १० हजार ५ सय रुपैयाँमा फापर, कोदो, सिमी, मास, टिमुर र हर्बल चिया किनियो ।

कुक र क्याट्रिनमा १२ हजार खर्च भयो ।’
कार्यक्रममा करिब सयजनासहभागी थिए । कर्णाली प्रदेशकी प्रवक्तासमेत रहेकी कृषिमन्त्री बिमला केसीले रैथाने स्वादको परिकारहरूसहितको चियापानले कर्णालीका स्थानीय अन्नबाली प्रवद्र्धन र बजारीकरणलाई सघाउने बताइन् । आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);