बाँके, २४ असोज । हिन्दुहरुको महान चाड बडादशैको आगमनसंगै बाँकेको कुशुमक्षेत्रका स्थानीयबासीहरु हर्षित भएका छन् । बाँकेको कुशुम हुँदै पूर्ब–पश्चिम विद्युतको राष्ट्रिय प्रशारण लाइन सुरु भएको २५ वर्ष पछि कुशुमका स्थानीय सर्बसाधारणले बत्ति बाल्ल पाउने भएकाले उनीहरु हर्षित भएका हुन् । २५ वर्षसम्म बत्ति मुनीको अध्यारोमा बाँच्नुपरेको गुनासो गर्दै ढिलै भए पनि बत्ति बाल्न पाएकोमा खुसी ब्यक्त गरका छन् ।
उर्जा जलस्रोत्र तथा सिंचाई मन्त्री वर्षमान पुनले राप्ती सोनारी कुशुम वडा न. १ वैरियामा निमार्ण भएको कुशुम सबस्टेशन १३२ केभी प्रशारणलाइनको उद्घाटन गरेपछि सो गाउँमा विद्युत पुगेको हो ।
मन्त्री पुनले दुई महिनाभित्र बाँकेका सवै गाउँपालिकामा विद्युत पुग्ने वातावरण मिलाउने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । राप्तीसोनारी वडा न.१ का राप्ती पारीका २५ सय घरधुरीले यो सुविधा पाउने भएका छन् ।