रामवीरको राजीनामा र वामदेवको उम्मेदवारी अनिष्टको संकेतः डा. बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

रामवीरको राजीनामा र वामदेवको उम्मेदवारी अनिष्टको संकेतः डा. बाबुराम भट्टराई

baburam bhattarai

काठमाडौं, २४ असोज । नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले रामवीरको राजीनामा र वामदेवको उम्मेदवारी अनिष्टको संकेतः भएको बताएका छन्  ।

डा. भट्टराईले यसलाई लोकतन्त्रको भ्रष्टीकरणको संज्ञासमेत दिएका छन् । काठमाडौं क्षेत्र न.७ बाट निर्वािर्चत सांसद् रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर सो क्षेत्रमा हुने उपनिर्वाचनमा वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी नेकपाले गरेको छ ।
डा. भट्टराईले आफ्नो ट्वीटरमार्फत सार्वजनिक गर्दै काठमाडौं ७ का निर्वा्चित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत भएको बताएका हुन् ।

पूर्वप्रधामन्त्रीसमेत रहेका डा. भट्टराईले दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गर्न अपिल समेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);