काठमाडौं, २३ असोज । सरकारले यो बर्ष दशैको अबसर पारेर कैदीबन्दीहरुलाई कैद मिनाह नदिने भएको छ । नयाँ कानुन अनुसार ७५ प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका र आम माफी दिन मिल्ने अपराध गरेका कैदिहरुको कैद मिनाह गर्न सकिने ब्यबस्था भए पनि यो दशैमा सरकारले कैद मिनाह नगर्ने भएको हो ।
यो दशैमासंगै घरपरिवारमा दशै मनाउने कैदी र आफन्तहरुको आशा निरासामा परिणत भएको छ । यस्तै नयाँ ऐनमा रोगी, असल चालचलन भएका, ज्येष्ठ नागरिक, महिला, सामान्य मुद्धामा जेल सजाय भोग्दै आएका र ७५ प्रतिशत कैद भुक्तान गरेकाको कैद मिनाहा हुनसक्ने व्यवस्था छ ।
कारागार ब्यबस्था विभागका अनुसार गणतन्त्र दिवसको अवसरमा आठ सयभन्दा बढी कैदी जेलमुक्त भएका थिए । नयाँ मुलुकी संहिता अनुसारको कैद मिनाहसम्बन्धी कार्यबिधी नबनेकाले उनीहरूले कैद मिनाह नपाउने कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि प्रशाद मैनालीले बताए ।
सरकारको यो निर्णयप्रती केही कानुन व्यवसायीहरुले भने फरक धारण राख्दै आएका छन । उनिहरुले सरकारले कैदिबन्दिहरुको मानवअधिकार उल्घंन भएको बताएका छन ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले हरेक वर्ष गणतन्त्र दिवस, संबिधान दिवस र बडादशैको अबसरमा कैदीबन्दीहरुलाई आममाफी दिने चलन थियो । हाल नेपालका ७४ कारागारमा २० हजार बढि कैदीबन्दी रहेका छन ।




