काठमाडौं, २३ असोज । अहिले सरकारको बारेमा सत्तापक्ष र बाहिरबाट आलोचना हुन थालेको छ । सत्तारुण दलकै वरिष्ठ नेताहरुले आलोचना गरिरहेका छन् । सत्ता बाहिर रहेको नेपाली काँग्रेसले पनि आलोचना गरिरहेको छ । सात महिनाको अवधिमा सरकारको विरुद्ध जति शब्दहरु खर्च भएका छन् । त्यसमा पनि दुई खालको मत देखा परेका छन् । सातै महिनामा सरकारको विरोध गर्नुपर्ने अवस्था होइन भनेर एउटा मत छ भने अर्को मत चाहिँ सरकारले यो अवधिमा काम को सुरुवात त गर्न सक्थ्यो भन्ने छ । सरकार, संसद र न्यायपालिकाको बीचमा राम्रोसँग समन्वय भएन भनेर टिप्पणी भईरहेको छ । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले सांसद एवम् वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीसँग गरेको कुराकानी हेर्नुहोस् :
यस्तै हो भने यो सरकार सडकबाट फालिन्छ : राधेश्याम अधिकारी (भिडियो सहित)
ताजा समाचार
डलरको भाउ अहिलेसम्मकै उच्च
३ दिन अघि