प्रतिवेदनमाथि दुर्गादेवीको टिप्पणी : 'के नै नयाँ कुरा आयो र ?' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

प्रतिवेदनमाथि दुर्गादेवीको टिप्पणी : ‘के नै नयाँ कुरा आयो र ?’

nirmala mom

कञ्चनपुर, २३ असोज । निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना छानबिनका लागि गठित उच्चस्तरीय समितिले अपराधीबारे ठोस कुरा बाहिर ल्याउला भन्ने उनकी आमा दुर्गादेवीले आस गरेकी थिइन् ।

समिति सदस्यले समेत अपराधी किटान गरेरै प्रतिवेदन सार्वजनिक गर्दा उनका यी सबै आशा निराशामा बदलिए ।
प्रतिवेदन चित्तबुझ्दो छैन, पुरानै कुरा आए, न अपराधी पत्ता लाग्यो, न त प्रमाण ढाकछोप गरी नष्ट गर्नेहरु नै किटान गरिएु, दुर्गादेवीले भनिन्, प्रतिवेदनमा भएका कुरा त हामीले सुरुदेखि भन्दै आएका छौं, के नै नयाँ आएको छ र ।

उनले प्रहरी र बम दिदीबहिनीमाथि फेरि अनुसन्धान गर्नुपर्ने कुरा प्रतिवेदनमा उल्लेख भए पनि प्रहरीबाट मात्रै हुने अनुसन्धानमा विश्वास नभएको बताइन् । विगतमा पनि बम दिदीबहिनी रोशनी र बबितालाई २५ दिनसम्म हिरासतमा राखेर छाडिएको थियो ।
बम दिदीबहिनीसँग बयान लिँदा अधिकारकर्मीलाई पनि साक्षी राख्नुपर्छु, दुर्गाले भनिन्, प्रहरीले लिने बयान तथा अनुसन्धान चित्तबुझ्दो छैन । उनले आइतबार सार्वजनिक गरिएको प्रतिवेदनमा ठोस रुपमा कसको के कमजोरी हो भन्ने कुरा नआएको बताइन् । आजको कान्तिपुरको पृष्ठ १५ मा समाचार छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);