इंग्ल्याण्ड तथा चेल्सी क्लवका पूर्व कप्तान जोन टेरीद्वारा फुटबलबाट सन्यासको घोषणा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

इंग्ल्याण्ड तथा चेल्सी क्लवका पूर्व कप्तान जोन टेरीद्वारा फुटबलबाट सन्यासको घोषणा

एजेन्सी, २२ असोज । इंग्ल्याण्ड तथा चेल्सी क्लवका पूर्व कप्तान जोन टेरीले फुटबलबाट सन्यासको घोषणा गरेका छन्

३७ वर्षका टेरी गएको सिजनको अन्त्यसँगै च्याम्पियनसिप क्लब एस्टनभिल्ला छोडेका थिए । त्यसपछि उनी कुनै पनि क्लबमा आबद्ध भएका थिएनन् । डिफेन्डर टेरीले आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत सन्यासको घोषणा गरेका हुन् । टेरी इंग्ल्याण्डबाट ७८ खेल खेलेका छन् । उनले दुई दशक बिताएर गएको वर्ष चेल्सी छोडेका थिए । उनले पाँचवटा प्रिमियर लिग उपाधि, पाँचवटा एफए कप उपाधि र एकपटक च्याम्पियन्स लिग उपाधि जितेका छन् ।

चेल्सीबाट सात सय भन्दा बढी खेल खेलेका उनले पाँचपटक लिग कप तथा एकपटक युरोपा लिगको उपाधि समेत जितेका छन् । चेल्सीले आफ्ना पूर्व कप्तानको सन्यासको निर्णयको सम्मान गरेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);