पोखरा, २१ असोज । दशैंलाई लक्षित गदै पोखरामा हिमाली जिल्ला मुस्ताङ र डोल्पा बाट ठुलो संख्यामा च्याङ्गा र भेडा भित्रिएका छन् । व्यापारीका अनुसार पोखरामा करिब १५ हजार मध्ये ५ हजार च्याङ्गा पुगिसकेका छन् ।
यो अघिल्लो वर्षको तुलनामा वढी च्याङ्गा पोखरा भित्रिएको व्यापारीले बताएका छन् । यती बेला पोखरामा भेडा, च्याङ्गा किन्न काठमाडौं ,चितवन ,बुटवल लगायतका ठाउँबाट ब्यापारीहरु पुगेपनि अघिल्लो वर्षको तुलनामा १० हजार मुख्य वढेको छ ।
स्थानीय तहले प्रति च्याङ्गा कर लिएको कारण मुल्य वृद्धि भएको ब्यापारीले बताएका छन् । पोखरामा अहिले प्रति च्याङ्गा ३० हजार देखि ३२ हजारसम्म विक्रि भईरहेको छ ।
त्यस्तै, पोखरामा हिमाली जिल्लाबाट ठुलो संख्यामा खशिबोका पनि आएका छन् । खशिबोकाको स्वास्थ परिक्षण पछि मात्र बिक्री गरिएता पनि भेडा च्याङ्गाको भने स्वास्थ परिक्षण नगरीकन बिक्री÷बितरण भईरहेको छ ।