पर्सा, २१ असोज । अख्तियार दुरुपयोग अनुसंधान आयोगले बिषेश अदालतमा अभियोग पत्र दर्ता गरेपछि निलम्बनमा परेका सांसद हरिनरायण रौनियारले आफु विरुद्धको मुद्धा सुन्योजित सडयत्र रहेको बताएका छन् ।
शनिवार पर्साको पोखरिया नगरपालिकाको दोस्रो परिषदमा सहभागी भएर बोल्दै रौनियारले आफु विरुद्ध केहि मिडिया तथा नेताहरु सुनयोजित ढंगले लागेको बताए ।
निलम्बन भैसकेपनि उनि परिषदको उदघाटन सत्रमा सहभागी भएका थिए । रौनियारले आफु मधेशवादी र संघियताको हिमाइती भएकाले कारण बदनाम गर्न खोजिएको दाबी गरे । निलम्बनमा परेपनि रौनियारलाई सांसद कै होसियतमा मन्ञमा बसाइएको थियो ।




