कंगोमा तेल ट्यांकर दुर्घटनापछिको आगलागीमा ५० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

कंगोमा तेल ट्यांकर दुर्घटनापछिको आगलागीमा ५० को मृत्यु

CONGO oil tanker accident

एजेन्सी , २१ असोज । प्रजातान्त्रिक गणतन्त्र कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा ५० जनाको मृत्यु भएको छ । दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको हो ।

दुर्घटनामा कयौं मानिस घाइते भएको र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले जानकारी दिए । पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्यांकर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);