संसदीय समिति बैठकको निर्णय प्रक्रियामा सरकारका मन्त्रीहरुले हस्तक्षेप गरेको महराको दाबी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

संसदीय समिति बैठकको निर्णय प्रक्रियामा सरकारका मन्त्रीहरुले हस्तक्षेप गरेको महराको दाबी

mahara

काठमाडौं, २१ असोज । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसदीय समिति बैठकको निर्णय प्रक्रियामा सरकारका मन्त्रीहरुले हस्तक्षेप गरेको कुरालाई आफुले गम्भीरताका साथ लिएको बताएका छन् ।

संसदीय मामिला पत्रकारिता सम्बन्धि संघ स्तरीय अन्तरक्रिया कार्यक्रममा सभामुख महराले संसद्को बिकाश तथा प्रविधि समितिको निर्णयमा संचारमन्त्रीले हस्तक्षेप गरेको र सार्वजनिक लेखा समितिले चिनीको मूल्य ६३ रुपैयाँ तोक्न भनेर माग गर्ने सांसदहरूलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सभामुखलाई चिठी लेखेर कारबाही गर्न माग गरेको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

आफुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव संगको सम्बादमा सांसदलाई कारबाही नभई मन्त्रालयको निर्णय छानविन गरेर कारबाही हुन्छ भनेर जवाफ दिएको बताए । मन्त्रीहरूका यी गतिविधिले सरकारले सदनलाई छायामा पार्न खोजेको हो कि भन्ने पत्रकारहरुको जिज्ञाशामा सभामुख महराले संसद सरकारको छायामा नभई वाच भएर निरन्तर सरकारका सबै गतिबिधि निगरानीमा रहने पनि बताए ।

पत्रकारहरूलाई कुनैपनि समितिमा बन्देज नभएको भन्दै सभामुख महराले समिति सभापतिहरू नयाँ भएको र उनीहरूलाई बोलाएर सबै विषयमा छलफल गर्ने बताए । राज्य व्यवस्था समितिमा पत्रकारलाई निषेध गरिएको प्रसंगमा सभापतिहरूले संसदीय प्रक्रिया सिक्दै भएकोले न आत्तिन पनि आग्रह गरे । संसदीय समिति बैठकको निर्णय प्रक्रियामा पछिल्लो समय भएका मन्त्रीहरूका हस्तक्षेपको विषय सम्बन्धीत मन्त्रीसँग छलफल गर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);