छात्रवृत्तिलाई फेरि आयो १४ करोड | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

छात्रवृत्तिलाई फेरि आयो १४ करोड

scholarship

काठमाडौं : निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिन यो वर्ष अर्थ मन्त्रालयबाट १४ करोड रुपैयाँ आएको छ। हालसम्म छात्रवृत्तिमा ७४ करोड सकिएको छ। कर्मचारीका छोराछोरीले मेडिकल शिक्षा, इन्जिनियरिङलगायत १० वटा विषय पढ्न छात्रवृत्तिस्वरूप ५ लाख रुपैयाँसम्म पाउँछन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिको व्यवस्था गर्छ। मन्त्रालयले पैसा बाँड्ने मापदण्ड त बनाएको छ। तर उपलब्धिको लेखाजोखा भने हुन सकेको छैन। त्यति मात्र होइन, मन्त्रालयले आफैँले बनाएको कार्यविधिसमेत लागू गर्न सकेको छैन।

२०६६/६७ साल देखि सुुरु भएको सो छात्रवृत्ति हालसम्म २ हजार ८ सय ७७ जनाले पाएका छन्। छात्रवृत्ति पाएका कर्मचारीका छोराछोरी डाक्टर, इन्जिनियर बनिसकेका छन्। आयुर्वेद, वन विज्ञान, कृषि, विज्ञान संकाय, नर्सिङ, व्यवस्थापन, पशु विज्ञान पढ्नेले छात्रवृत्ति पाउँदै आएका छन्। तर सरकारले आफैंले बनाएको कार्यविधिअनुसार छात्रवृत्ति पाएर डाक्टर, इन्जिनियर बनेका कसैलाई पनि कुनै काम लगाउन सकेको छैन।

विगतमा जेसुकै भए पनि अब कार्यविधिअनुसार छात्रवृत्ति पाएकालाई काममा लगाइने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले दाबी गरे। ‘विगतमा के भयो थाहा भएन, अब भने कार्यविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिन्छ’, उनले भने। अघिल्लो वर्ष भने बजेट अभावमा छात्रवृत्रि कार्यक्रम रोकिएको थियो।

निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति उपलब्ध गराउनसम्बन्धी निर्देशिका २०७२ अनुसार छात्रवृत्ति पाएका डाक्टर, इन्जिनियर, नर्स, कृषि, वन पढेका प्राविधिकलगायतलाई कोर्स सम्पन्न गरेपछि अनिवार्य सरकारी सेवामा लगाउनुपर्ने प्रावधान छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);