बारा, २० असोज । बाराको सुपर ल्यामीकोट उद्योगमा शुक्रवार साँझ आगलागि भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं।१० नितनपुर स्थित सो उद्योगमा विद्युत् सर्ट सर्किटका कारण अबेर साँझ आगलागी भएका हो ।
साँझ करिब साँढे पाँच बजेको समयमा लागेको आगोलाई उद्योगमा कार्यरत मजदुर , नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा जीतपुरसिमरा उपमहानगरपालिका , बिरगंज महानगरपालिका र नेपाल आयल निगम आमलेगंजको वरुण यन्त्रको सह्योग करिब दुई घण्टा पछि नियन्त्रणमा दिईएको थियो ।
उद्योग प्रसाशनका विश्वनाथ गिरीले त्याँहा रहेको एक थान प्रिन्टर मिशिन , दुई थान लेमिनेशन मिशिन , एक थान ईन्स्पेक्शन मिशिन , दुई थान कटिङ्ग मिशिन लगायतका विभिन्न मिशिनहरु जलेर नष्ट भएको बताएका छन् । उनका अनुसार आगलागिका कारण उद्योगमा रहेका अन्दाजी दश करोड भन्दा बढीको मिशिनहरु जलेर पूर्ण रुपमा क्षेती भएको छ ।
यता बारा प्रहरीले भने क्षतिको विवरण नआएकोले छानबिन पछि मात्र क्षतिको विवरण थाहा हुँने बताएको छ ।