किष्ट बैंकका तत्कालिन प्रवन्ध सञ्चालक ज्ञवाली पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

किष्ट बैंकका तत्कालिन प्रवन्ध सञ्चालक ज्ञवाली पक्राउ

काठमाडौं, १९ असोज । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ज्ञवालीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको बताएको छ ।

जम्को प्रकाशनका नाममा कमसल धितो मूल्याङ्कन गरी ६ करोड बराबरको सम्पत्तिको सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा प्रहरीले अनुसन्धान सुरु गरेदेखि नै ज्ञवाली फरार रहँदै आएका थिए ।

किष्ट बैंकमा सञ्चालक र सीइओ दुबैको भूमिकामा रहँदा श्रीमती संलग्न रहेको संस्थालाई ऋण दिएर सो ऋण आफैँले घरजग्गामा लगानी गरी दुरुपयोग गरेको तथ्य फेला परेपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

पक्राउ परेका ज्ञवालीलाई तत्कालिन किष्ट बैंक अहिलेको प्रभु बैंकका कार्यकारी अधिकृत कुमार लम्सालको जाहेरीमा काठमाडौँ जिल्ला अदालतले २०७४ जेष्ठ ४ गते किर्ते जालासाँझी मुद्दामा २९ लाख बिगो जरिवाना तिराउने आदेश दिएको थियो ।

यस पछि कर्जा दुरुपयोग र बैंकिंग कसुर गरेको मुद्दामा तत्कालिन पाटन पुनरावेदन अदालतले ४ वर्ष कैद सहित ४ करोड २६ लाख बढी जरिवाना हुने फैसला गरेको थियो ।

नेपाल राष्ट्र बैंकबादी रहेको सो मुद्दामा २३ जनाविरूद्ध मुद्दा दायर गरेकोमा २३ जनामध्ये ८ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको थियो । २०७३ सालमा तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत) पाटनका न्यायधीशहरु चण्डीराज ढकाल र किशोर सिलवालको इजलासले ज्ञवाली र उनकी श्रीमतिलाई दोषी ठहर गर्दै बैंकिङ्ग कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो ।