देउवाले भारतमा नेपालीको अपमान गरेको माओवादी नेता प्रकाशको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौं, ९ भदौ । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा नेपालीको अपमान हुने अभिव्यक्ति दिएको बताएका छन्।

 

प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा समकक्षी मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा नेपालको संविधानका बारेमा दिएको अभिव्यक्तिले नेपालीको अपमान गरेको श्रेष्ठले बताए।

 

उनले प्रधानमन्त्री देउवालाई आफुले के बोले भन्‍ने जानकारी छ की छैन भन्‍न प्रश्‍न समेत गरेका छन्। देउवाले मोदी सँगको पत्रकार सम्मेलनमा हाम्रो संबिधानका बारेमा बोल्नु भएको कुराले नेपाल र नेपालीकोअपमान गरेको छ।

 

प्रमलाई थाहा छ के बोल्नुभो ? भन्दै नेता श्रेष्ठले सामाजिक संजाल फेसबुकमा लेखेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);