बागमतीमा रोकियो १० लाख मोटरसाइकल दर्ता | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

बागमतीमा रोकियो १० लाख मोटरसाइकल दर्ता

bike

काठमाडौं, १८ असोज । बागमतीमा नयाँ मोटसाईकलको दर्ता रोकिएको छ । बाग्मतीमा ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी यातायात व्यवस्था विभाग स्रोतले दिएको छ ।

यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्ममात्रै लट नम्बर राखेर मोटरसाइकलसहितका गाडी दर्ता गर्न मिल्ने प्रावधान छ । अब तीन डिजिट अर्थात १०० को लटमा जानुपर्ने भएकाले नयाँ मोटरसाइकल दर्ता गर्न कानुनी अड्चन उत्पन्न भएको हो । ९९ लटको सबै नम्बर सकिएपछि बुधबारदेखि नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी स्रोतले दिएको छ । काठमाडौंमा ‘बा ९९ प’ मा ९९९९ वटा मोटरसाइकल दर्ता भइसकेका छन् ।

९९ लट पूरा भएपछि बाग्मतीमा दर्ता भइसकेका मोटरसाइकलको संख्या १० लाख पुगेको छ । विभागले नयाँ मोटरसाइकलको दर्ता खुलाउन नियमावली संशोधनका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाइसकेको र केही दिनमा नै समस्या समाधान हुने जानकारी विभाग स्रोतले दिएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);