निर्मलाको न्याय माग्दै महेन्द्रनगरमा झाडू जुलुस | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ९ २०८१, शुक्रबार

निर्मलाको न्याय माग्दै महेन्द्रनगरमा झाडू जुलुस

कञ्चनपुर, १६ असोज । कञ्चनपुरकी १३ बर्षीय वालिका निर्मला पन्तको न्याय माग्दै दवावमुलक संघर्ष समितिले महेन्द्रनगरमा झाडू जुलुस निकालेको छ ।

मंगलबार साँझ दवावमुलक संघर्ष समितिले गल्ली नम्बर १ देखि महेन्द्रनगर बजार परिक्रमा गर्दै प्रशासनको गेटमा पुगेर समापन गरेको हो । सभालाई सम्बोधन गर्दै अधिकारकर्मी सावित्री सुवेदीले बलात्कारीलाई फाँसीको व्यवस्था हुनुपर्ने माग गरिन् ।

उनले वास्तविक हत्यारालाई सार्वजनिक नहुन्जेल आन्दोलन जारी राख्ने बताइन् । दवावमुलक संघर्ष समितिका संयोजक हेलन श्रेष्ठले निर्मलाको बलात्कार पछि हत्या भएको दुई महिनाभन्दा बढी हुँदा पनि सरकारले वास्तविक हत्यारा सार्वजनिक नगरिएको भन्दै दवाव दिन झाडू जुलुस निकालेको बताए ।

यता अधिकारकर्मी मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिको गत शनिबारदेखि मदन चोकको भेटघाट चौतारीमा धर्ना जारी छ । उनीहरुले प्रतिवेदन सार्वजनिक नगरुन्जेलसम्म आन्दोलन जारी राख्ने बताएका छन् । कञ्चनपुर प्रहरीले न्यारोडाउन विधिबाट अनुसन्धान भईरहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);