कम्युनिष्ट पार्टी नाम मात्रमा सिमित हुने खतरा : नारायणकाजी | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

कम्युनिष्ट पार्टी नाम मात्रमा सिमित हुने खतरा : नारायणकाजी

Narayan-kaji-Shrestha

काठमाडौं, १५ असोज । नेकपाका नेता नारायणकाजी श्रेष्ठले पार्टी माक्र्सवादी सिद्धान्त र चिन्तनबाट विचलित हँुदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा बोल्दै नेता श्रेष्ठले पार्टी भित्रको बैचारिक र सांस्कृतिक कमजोरी तथा बढ्दै गएको भ्रष्टाचारप्रति असन्तुष्ठी जाहेर गरे । पछिल्लो समय पार्टी भित्र मार्क्वाद र लेनिनवादको सिद्धान्त र विचारको अध्ययन गर्ने पद्धति कमजोर बन्दै गएको भन्दै उनले समयमै बैचारिक बहस नचलाउने हो भने कम्युनिष्ट पार्टी नाम मात्रमा सिमित हुने खतरा औल्याए ।

सत्तारुढ दलकै शीर्ष नेता श्रेष्ठले सरकार काममा भन्दा अर्मुत नारामा सिमिति भएको टिप्पणी गरे । उनले पार्टी भित्र भ्रष्टाचार विरोधी सांस्कृतिक रुपान्तरणको आन्दोलन अनिवार्य भईसकेको बताए ।

दुई तिहाईको सरकारलाई असफल हुने छुट नभएको भन्दै उनले राजनीतिक उपलब्धिलाई सामाजिक आर्थिक रुपमा विस्तार गर्दै सामाजिक न्याय सहितको समृद्धि हासिल गरि समाजवाद उन्मुख सम्वृद्ध नेपाल बनाउनुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);