जलमार्गको विकास गर्न प्राविधिक पक्षबाट काम सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

जलमार्गको विकास गर्न प्राविधिक पक्षबाट काम सुरु

barsaman pun

काठमाडौं, १५ असोज । उर्जामन्त्री वर्षमान पुनले नेपालमा जलमार्गको विकास गर्न सरकार लागिपरेको बताएका छन् । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उर्जामन्त्री पुनले नेपालका कोशी, गण्डकी र कर्णाली नदीमा जलमार्ग सञ्चालन गर्न प्राविधिक पक्षबाट काम अघि बढाइएको बताए ।

भुपरिवेष्ठित देश नेपालले बेहोर्दै आएको व्यापार घाटाको प्रमुख कारणमा यातायात पनि प्रमुख भएकाले नेपालले आफनो व्यापार घाटा कम गर्न पनि जलमार्ग सञ्चालन गर्नु आवश्यकता भएको मन्त्री पुनको भनाइ छ ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जलमार्गमार्फत् नेपाललाई समुन्द्रसम्मको पहुँच दिने समझदारी अनुसार, भारतको गंगा नदि हुँदै नेपालको सिमानासम्म जलमार्ग सञ्चालन गर्न कानुनी र प्राविधिक सहजता पूर्ण रुपमा सफल भएको बताए ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले भुपरिवेष्ठित देश नेपाललाई पर्यटकीय गन्तब्य बनाउन र नेपालको सर्वाङ्गिण विकास गर्न जलमार्ग अति आवश्यक रहेको बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);