म्यासेडोनियाको नाम 'उत्तरी म्यासेडोनिया' राख्न सहमति | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

म्यासेडोनियाको नाम ‘उत्तरी म्यासेडोनिया’ राख्न सहमति

एजेन्सी, १५ असोज । म्यासेडोनियाका मतदाताले आफ्नो देशको नाउँ परिवर्तन गर्ने पक्षमा जनमतसग्रहमा मतदान गरेका छन् । आइतबार सम्पन्न जनमतसंग्रहको परिणाम अनुसार ९१ दशमलव ३ प्रतिशतले म्यासेडोनियाको नाम उत्तरी म्यासेडोनिया राख्न सहमति प्रदान गरेका छन् ।

विगत २७ वर्षदेखि पहिचानको लडाई लड्दै आएका म्यासेडोनियाका जनताले आफ्नो देशको नाम परिवर्तन गर्ने पक्षमा मतदान गरेका छन् ।

ग्रीससंगको लामो विवाद पछि म्यासेडोनियामा आईतबार भएको जनमत संग्रहमा ९१ दशमलव ३ प्रतिशत मतदाताले म्यासेडोनियाको नाम उत्तरी म्यासेडोनिया राख्ने पक्षमा मतदान गरेका हुन् ।

नाम परिवर्तन गर्नु हुन्न भन्ने पक्षमा ५ दशमलव ७ प्रतिशत जनताले मात्र मतदान गरे । १८ लाख मतदाता मध्ये एक तिहाईले मात्र मतदान गरेपनि विधि सम्वत ढंगले निर्वाचन गरेपछि विवाद निकाल्ने ग्रीसले समेत सर्मथन गरेको छ ।

भिडियो हेर्नुहोस्:

ग्रीसको एउटा प्रान्तको नाम पनि म्यासेडोनिया रहेकोले ग्रीसले त्यसको विरोध गर्दै आएपछि दुवै देशबीच विवाद चुलिएको थियो । युगोस्लाभियाबाट टुक्रिएर सन १९९१ मा छुट्टै राष्ट्र म्यासेडोनिया बनेको थियो ।

जनमतसंग्रहको परिणाम सार्वजनिक भएलगत्तै ग्रीसको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरी विगत जुन महिनामा दुबै देशसंग भएको नाउँ परिवर्तन सम्वन्धि सम्झौता प्रति ग्रीस प्रतिबद्ध रहेको जनाएको छ ।

म्यासेडोनियाको नाउँ परिवर्तनका लागि त्यहाँको संसदको दुईतिहाई मतले अनुमोदन गर्नुपर्नेछ । उता ग्रीसको संसदले पनि यो विषयलाई सहमती जनाउने स्थानिय संञ्चार माध्यमहरुले जनाएका छन् ।

म्यासेडोनियाको नाम परिवर्तन गरेपछी म्यासेडोनियालाई नेटो र यूरोपेली युनियनको सदस्यताका लागि सहयोग गर्न ग्रीसले प्रतिबद्धता गरेको छ । ग्रीसका प्रधानमन्त्री अलेक्सिस चिप्राले म्यासेडोनियाका प्रधानमन्त्री जोरान जाएभलाई फोन गरेर दुवै देशबीच गत जुनमा भएको सहमति प्रति पुन प्रतिबद्धता व्यक्त गरेका छन् ।

म्यासेडोनियामा म्यासेडोनियाली र अल्पसंख्यक अलबानियालीहरु बस्दै आएका छन् । ती दुबै समूहबिच बेलाबखतमा चकाचर्की हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);