१६ हजारभन्दा बढी पोर्न साईटमाथि निषेध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

१६ हजारभन्दा बढी पोर्न साईटमाथि निषेध

porn site

काठमाडौं, १५ असोज । सरकारले समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साईटहरुको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजारभन्दा बढी यस्ता सईटमाथि बन्देज लगाएको छ ।

सुचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिलाा हिंसाका घटना न्युनीकरण गर्ने उदेश्यले यस्ता साइट पुर्णरुपमा बन्देज लगाउने निर्णय गरेको थियो । मुलुकी अपराध संहिता ऐन २०७२ को दफा १२१ लाई टेकेर अश्लील साइट बन्देज गर्न निर्देशन दिइएके हो ।

उक्त दफामा यौनजन्य अश्लील सामग्रीको अदानप्रदान प्रकाशन र प्रसारणमा बन्देज लगाईएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।