एजेन्सी, १४ असोज । जापानमा शक्तिशाली आँधी त्रामीका कारण दक्षिणी द्धिपमा एक दर्जनभन्दा बढि घाइते भएको छन । जापानको मौसम विभागका अधिकारीहरुले तिव्र गतिको आँधीले जनजिवन कष्टकर बन्न सक्ने हुदा यसबाट जोगिन आह्वान गरेका छन ।
तिव्रगतिको आँधी आइतबार शहरी क्षेत्रमा प्रवेश गरेपछि बुलेट ट्रेन समेत रोकिएको छ । करिब १ हजार विभिन्न क्षेत्रका हवाई उडान रद्ध गरिएको छ । ओनिकावामा आँधीबाट ३९ जनालाई चोट पटक लागेको बताइएको छ ।
आधिका कारण ३ लाख भन्दा बढि घरमा विद्युत लाइन अवरुद्ध भएको छ । अधिकारीहरुले मानिसहरुलाई घरभित्र बस्न आग्रह गरेका छन ।
प्रतिघण्टा २ सय २२ किलोमिटर रफ्तारको सो आँधिबाट मानिसहरुलाई बचाँउन करिब साढे ३ लाख व्यक्तीहरुलाई सुरक्षीत स्थानतर्फ लगिएको जापानीज संचार माध्यहरुले जनाएका छन ।