प्रधानमन्त्री ओली कोस्टारिका प्रस्थान, शान्ति विश्वविद्यालयलाई सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

प्रधानमन्त्री ओली कोस्टारिका प्रस्थान, शान्ति विश्वविद्यालयलाई सम्बोधन गर्ने

pm kp oli

काठमाडौं, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजेतर्फ प्रस्थान गरेका छन् ।

उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहेकी छिन् । प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नेछन् । उनले सान होजेमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) लाई सम्बोधन गर्नेछन् ।