काठमाडौं, १३ असोज । महिला बालबालिका तथा समाजकल्याण मन्त्री थम माया थापाले महिलाले सञ्चालन गरेका उद्योगलाई सरकारले सुलभ ऋण उपलब्ध गराउने बताएका छन् ।
ललितपुरमा शनिबार आयोजित महिला उद्यमीहरुको एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले महिलाले सञ्चालन गरेका उद्योगलाई प्रोत्साहन गर्ने र सुलभ व्याजमा ऋण उपलब्ध गराउने नीति सरकारले लिएको बताइन् ।
महिला उद्यमीको विकास र प्रवद्र्धनका लागि प्राविधिक तालिम, सुलभ व्याजको ऋण लगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने नीति लिएकाले महिला उद्यमशिलताको विकास गर्न सकिनेमा सरकार दृढ रहेको उनको भनाइ छ ।
कार्यक्रममा उद्योग वाणिज्य महासघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अझै पनि अत्यन्तै न्युन संख्यामा मात्रै महिला उद्यमी रहेको भन्दै सिप विकासमा सरकारले लगानी गर्नुपर्ने बताए ।
उद्योग वाणिज्य महासंघको महिला विभागले महिला उद्यमीहरुको एक दिने कार्यशाला गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा सहभागी महिला उद्यमीले महिलाले सञ्चालन गरेका उद्योगको विकास र प्रवद्र्धनका लागि विस्तृत कार्ययोजना ल्याउन सरकारलाई सुझाव दिएका थिए ।