स्थानीय तहलाई आवश्यक दिशा निर्देश गर्न तालिमको ब्यवस्था गरिने मन्त्री पण्डितको भनाई | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

स्थानीय तहलाई आवश्यक दिशा निर्देश गर्न तालिमको ब्यवस्था गरिने मन्त्री पण्डितको भनाई

lalbabu pandit

काठमाडौं, १२ असोज । सरकारले स्थानीय तहलाई दिशा निर्देश गर्न आवश्यक तालिमको व्यवस्था गर्ने भएको छ ।

शुक्रबार ललितपुरमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २५ औं वार्षिकोत्सव कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थनीय तहका जनप्रतिनिधि र त्यहाँ परिचालित कर्मचारीलाई आबश्यक तालिमको ब्यवस्था गर्न लागिएको जानकारी दिए । उनले काम गर्नै नसक्ने अवस्थामा रहेका स्थानीय तहलाई आवश्यक तालिम दिनका लागि तयार रहन पनि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिए ।

स्थानीय तहमा विकास, निर्माणको कामलाई तीव्रता दिन पनि आवश्यक तालिमको काममा ढिलाई गर्न नहुने मन्त्री पण्डितको भनाई छ । मन्त्री पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन मातहतका सरकारी निकायलाई चुस्तदुरुस्त बनाएर काममा तीव्रता दिने प्रतिवद्धता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);