श्याम गुप्ता
बारा, १० असोज । देशैभरका स्थानीय तहले मन लाग्दी कर उठाईरहेका बेला सिमरा उपमहानगरपालिका भने जन्म दर्ता , विवाह दर्ता लगायतका २३ प्रकारका सिफारिशहरु निशुल्क गर्ने घोषणा गरेको छ । जसका कारण जीतपुरबासी हर्षित भएका छन् ।
देशैभरका स्थानीय तहले मन लाग्दी कर उठाईरहेका वेला जीतपुरसिमरा उपमहानगरपालिकाले जन्म दर्ता सहिँत २३ प्रकारका सिफारिशहरु निशुल्क गर्ने घोषणा गरेका छ । नगरपालिकाले जन्मदर्ता , मृत्यु दर्ता , विवाह दर्ता , बसाई सराई , सम्बन्ध विच्छेद, स्वास्थ्य उपचार सम्बन्धि सिफारिस , जेष्ठ नागरिक परिचय–पत्र सिफारिस , आदिवासी जनजाती , मधेशी , मुस्लिम र दलित सिफारिस लगायतका २३ प्रकारका सिफारिस निशुल्क गर्ने घोषणा गरेको हो ।
यो निर्णयबाट स्थानीयहरु खुसि भएका छन् । साथै, शव वाहन , दमकलको सिफारिस लिंदा पनि नगरवासीले कुनै शुल्क तिर्नु पर्ने छैन । यसैगरी, जीतपुरसिमरा उपमहानगरपालिकाबाट सबै प्रकारका अनुसूची फारम समेत निःशुल्क उपलव्ध हुने नगर प्रमुख डाक्टर कृष्ण पौडेलले जानकारी दिए ।
यता, जीतपुरसिमरा उपमहानगरपालिकाले गरेको यो निर्णयले साच्चै गाउँमा सरकार आएको अनुभुति भएको सर्वसाधरणले बताएका छन् । पहिले जन्मदर्ता , मृत्यु दर्ता बाहेक अन्य सिफारीसमा वडा कार्यालयले एक हजार सम्म राजश्व लिदै आएको थियो । उपमहानगरपालिकाले गरेको यस निर्णयले जीतपुरसिमराका हजारौं जनतालाई धेरै राहत पुगेको छ ।
यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाले घरवहाल कर समेत नलिने भएको छ । यस अघि आन्तरिक राजश्व कार्यालयले १० प्रतिशत तथा उपमहानगरले दुई प्रतिशत गरी १२ प्रतिशत घरवहाल कर तिर्दै आएका घरधनीले अब उपमहानगरको तर्फबाट दुई प्रतिशत छुट पाउँने छन् ।