शिक्षा ऐन कार्यान्वयनको माग गर्दै बिद्यालय कर्मचारी आमरण अनशनमा | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

शिक्षा ऐन कार्यान्वयनको माग गर्दै बिद्यालय कर्मचारी आमरण अनशनमा

karmachari anshan

काठमाडौं, ९ असोज । सर्वोच्च अदालतले गरेको फैसलाको कार्यान्वयन र आठौँ शिक्षा ऐनलाई कार्यान्वयन गर्नुपर्ने माग राख्दै सामुदायिक विद्यालयका कर्मचारीहरुले आमरण अनशन सुरु गरेका छन् ।  विद्यालय कर्मचारी संयुक्त आन्दोलन समितिमा विद्यालय कर्मचारी संगठन नेपाल र विद्यालय कर्मचारी युनियनले रिले अनसनमा गरिरहेकामा आजबाट उनीहरुले आमरण अनशन सुरु गरेका हुन ।

सर्वोच्च अदालतबाट पटक–पटक भएका मुद्दाको फैसल्ला र त्यसबाट बनेको सर्भिस ल वर्षौसम्म कार्यान्वयनमा नआएकोे भन्दै सामुदायिक विद्यालयका कर्मचारीहरुले आन्दोलन गर्न वाध्य भएको बताएका छन् । सरकारले आफ्ना मागहरु सम्बोधन नगरे उनिहरुले ११ गतेबाट देशभरका सामुदायिक विद्यालयहरुको पठन पाठन ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी दिएकाछन् ।

आठौँ शिक्षा ऐन २०७३ सालमा बनेको भए पनि विद्यालय कर्मचारीको दरबन्दी सहितको सेवा सुविधा र दरबन्दीसहितको समायोजन कार्यन्वयन नभएको तत्काल कार्यन्वयन गर्न देशभरका सम्पूर्ण सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);