नेपालले बंगवन्धु गोल्डकप बक्यौताको भुक्तानी पायो | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

नेपालले बंगवन्धु गोल्डकप बक्यौताको भुक्तानी पायो

काठमाडौं, ८ असोज । अघिल्लो संस्करणको बक्यौता पुरस्कार रकम भुक्तानी आएपछि नेपालले बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने भएको छ ।

पाँच वर्षको अन्तरालमा हुन लागेको ए डिभिजन लिग भने बंगबन्धुको सहभागितासँगै केहि समयका लागि स्थगित हुने सम्भावना देखिएको छ । ए डिभिजन लिग असोज १३ गतेदेखि सुरु हुँदैछ भने बंगबन्धु गोल्डकपमा नेपालको राष्ट्रिय टोलीले असोज १५ देखि २६ सम्म सहभागिता जनाउनेछ ।

राष्ट्रिय टोलीका खेलाडीहरु ए डिभिजनका ६ क्लवमा आबद्ध छन् । मनाङ मर्स्याङदीमा ५, थ्रीस्टार र त्रिभुवन आर्मीमा ४–४, च्यासल युथ क्लवमा ३ तथा एपीएफ र नेपाल पुलिस क्लवमा एक एक जना राष्ट्रिय खेलाडी अनुबन्ध रहेका छन् । बंगबन्धुमा सहभागिता जनाएसँगै लिग पनि जारी राखिँदा यी क्लवहरुलाई अप्ठेरो पर्न सक्ने संभावना देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);