नागरिक उड्डयन प्राधिकरणले गर्यो ४ पाइलटलाई ग्राउन्डेड | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

नागरिक उड्डयन प्राधिकरणले गर्यो ४ पाइलटलाई ग्राउन्डेड

nagarik euddayan pradhikaran

काठमाडौं, २ असोज । वायुयान र पाइलटहरुको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले उडानमा लापरबाही भन्दै ४ नेपाली पाइलटलाई ग्राउन्डेड गरेको छ ।

ग्राउन्डेड गरिएका मध्ये नेपाल वायुसेवा निगमको एयरबसका क्याप्टेन सुवर्ण अवालेलाई आजीवन उडानमा रोक लगाउँदै ग्राउन्डेड गरिएको प्राधिकरण स्रोतले बताएको छ । क्याप्टेन अवालेलाई प्रहरीले ०७३ चैत्र २७ गते राति त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ९३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको थियो । हवाई उडान जस्तो संवेदनशील काममा लापरबाही गरेको भन्दै आगामी दिनमा उडानमा सरिक नगराउने गरी रोक लगाइएको छ ।

प्राधिकरणका एक अधिकारीले भने क्याप्टेन अवालेको सन्दर्भमा मन्त्रालयको आदेश अनुसार उनलाई सधैंका लागि ग्राउन्डेड गरिएको हो । उनी त्यस रात निगमको एयरबसमा काठमाडौंबाट दुबईको उडान गर्दै थिए । उक्त उडानको कमाण्डर पाइलट अवाले नै थिए । त्यसैगरी प्राधिकरणले कारबाही स्वरुप ग्राउन्डेड गरेका अन्य तीन पाइलटमा सीता एयरको डोर्नियर विमान उडाउने क्याप्टेन रजनीश मानन्धर, मनाङ एयरका हेलिकप्टर पाइलट हिरा दाहाल र स्रिमिक एयरका हरेराम थापा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);